Kath Khabar
आजको मौसम : देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

                     काठमाडौं, कात्तिक २४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती देशभर मौसम मूख्यतया सफा रहने छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update