काठमाडौं, कात्तिक २५ । उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टले माग गरेको छ ।
घिसिङले एनईएका प्रबन्ध निर्देशक मनोज सिलवालको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेनजी मुभमेन्टले बर्खास्तीको माग गरेको हो । सरकारले कारबाही नगरेमा विरोध प्रदर्शन गर्ने योजना पनि घोषणा गरेको छ।
जेन जेड मुभमेन्टका प्रवक्ता विजय साहले आज एक विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुने गरी गैर कानुनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको उल्लेख गरिएको छ ।
साहले विज्ञप्तिमा सम्झौताले देशको आर्थिक सार्वभौमिकतालाई कमजोर बनाएको र विद्युत नियामक आयोगको स्वीकृति बिना नै कार्यान्वयन गरिएको दाबी गर्दै यसलाई “स्पष्ट भ्रष्टाचार र राष्ट्रिय हितप्रति विश्वासघात” भनेर वर्णन गरिएको छ ।

