Kath Khabar
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण विवाद समाधान

                         काठमाडौं, कात्तिक २६ । मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार राति भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण हुँदै आएको अवरोध हटाउन आन्दोलनरत संघर्ष समितिका प्रतिनिधि सहमत भएका हुन् । 

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित छलफलमा सम्बन्धित मन्त्रालयका सचिवहरू, मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरू र अन्य सरोकारवालाहरूको सहभागिता थियो । सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ भने संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन् ।

सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन् । २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितका माग पूरा नभएको भन्दै गत ५ दिनदेखि स्थानीयवासीले पानी बन्द गरेका थिए । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update