Kath Khabar
रवि र छविको मुद्दामाथि आज सुनुवाइ हुँदै

                           काठमाडौं, कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाई आज बुटवल उच्च अदालतमा  हुँदैछ ।

यसअघि कात्तिक २० गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो । सो मिसिलहरू प्राप्त भएपछि आजका लागि पेसी तोकिएको हो ।

कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागबराबरको बिगो रकम बुझाई थुनामै रहँदै मुद्दा लड्न माग गरेका थिए । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update