Kath Khabar
आइजीपीबाट भर्खरै अवकाश पाएका चन्द्र कुबेर खापुङलाई विदेश भ्रमणमा रोक

                          काठमाडौं, कात्तिक २७ । आइजीपीबाट अवकाश पाएर बिदाई भएका चन्द्र कुबेर खापुङलाई उच्चस्तरीय जाँचबुझ आयोगले विदेश भ्रमणमा रोक लगाएको छ । 

भदौ २३ र २४ को घटनाको छानबिन गर्न गठित आयोगले खापुङलाई आजदेखि लागू हुने गरी विदेश भ्रमणमा प्रतिबन्ध लगाएको हाे । घटनाको अनुसन्धान र छानबिनका लागि जुनसुकै बेला आयोगमा उनी उपस्थित हुनुपर्नेछ ।

बिहीबार बसेको बैठकले आयोगको अनुमति बिना खापुङलाई काठमाडौं उपत्यका छोड्न प्रतिबन्ध लगाउने निर्णय गरेको हाे ।

खापुङले आज सेवाबाट अवकाश लिएपछि आज बिहान नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update