रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउने आदेश
काठमाडौं, कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश भएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।
अदालतले यसअघि जिल्ला अदालतले पठाएको फाइलका साथै सम्बन्धित प्रमाणसमेत माग गर्दै मुद्दाको थप अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ १९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

