दुर्गा प्रसाईं मध्यराती आफ्नै घरबाट पक्राउ
काठमाडौं, मंसिर २ । मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार मध्यराती पक्राउ परेका हुन् ।
हिंसा भड्किने र अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको बताइएको छ । उग्र अभिव्यक्ति
यसअघि, चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि धरौटीमा छुटेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

