Kath Khabar
बीपी प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौैं, साउन २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेको छ । आयोगले छापा मारेसँगै छानबिन थालेको छ । अख्तियारको टोलीले छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको अख्तियारबाटै गएको प्रहरी टोलीले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र इटहरीमा आएका उजुरीका बारेमा छानविन गरिएको आयोगले जनाएको छ । बीपी प्रतिष्ठानमा खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अनियमितता भएको दाबीका साथ अख्तियारमा उजुरीहरु परेका थिए । प्रतिष्ठानमा ठेक्का प्रक्रिया तथा सामान खरिद प्रक्रियामा करोडौं अनियमितता भएको कुरा बाहिरिएको छ ।

यसअघि पनि प्रतिष्ठानमा अनियमितता भएको भन्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले विरोध जनाँउदै आएका थिए । छापा मार्ने क्रममा आयोगका ६ सदस्यीय टोली प्रतिष्ठानमा पुगेका थिए ।  

 

 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update