Kath Khabar
तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ६५ हजार आठ सय ६९ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं, साउन २८ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार आठ सय ६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा सात लाख चार हजार तीन सय ७६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने दुई सय ५७ जनालाई २५ हजार सात सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार आठ सय ९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको दुई सय ९९ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ५८ हजार दुई सय ८२ जनालाई सचेत गराइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update