अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्षमा एनवाइइएफद्वारा रक्तदान

काठमाडौं, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, २०२१ को उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्चले सात वटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो ।
रक्तदान कार्यक्रममा काठमाडौं ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र विरगञ्ज ५२ गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८ १८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय