अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं, साउन ३१ । तालिबानले अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढेसँगै नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षामा चासो दिएको छ । काबुलसहितका सहरमा रहेका नेपालीलाई सम्पर्क आउन सरकारले आग्रह गरेको छ ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको बैठकले अफगानिस्तानका विभिन्न सहरमा रहेका नेपालीलाई उद्धारका लागि तत्काल सम्पर्कमा आउन भनिएको हो । अफगानिस्तानमा रहेका नेपालीहरुलाई भारतस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । अफगानिस्तानको औपचारिक क्षेत्रमा कार्यरत करिब १५ सय जना नेपालीलाई भने सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय