Kath Khabar
पहिराले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ, भदौ  २ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।  सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उहाँले बताउनुभयो । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

(रासस)

 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update