Kath Khabar
पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध

ललितपुर, भदौ २ । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङगलबारदेखि सो  व्यवस्था गरेको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौं ।” मास्क नलगाएका व्यक्तिलाई  बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उहाँले जानकारी दिनुभयो । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुभयो ।
 
(रासस)

 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update