Kath Khabar
गाईजात्रामा बिदा

काठमाडौँ, भदौँ ४ । सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।  मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

पहिले उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो ।

(रासस)

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update