Kath Khabar
राहतका पर्खाइमा गोबरगाढाका बाढीपीडित

राजविराज, भदौ ७ । लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् । कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए ।

राजविराज, भदौ ७ । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध , रामानन्द, कुशेश्वर, भुवनेश्वर , सन्तोश, महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो । अझै घर आँगनमा दुई/तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भन्नुभयो “ खाद्यान्न पनि सकिन लाग्यो ।

के खाएर छाक टार्ने ?” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारीदिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारीदिनुभयो ।

(रासस)

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update