Kath Khabar
बैंकिङ क्षेत्रले प्रवाह गर्यो, ३८ खर्ब ५२ अर्ब कर्जा

काठमाडौ, बैशाख १०
बैंकिङ क्षेत्रले प्रवाह गरेको कुल कर्जा रकम ३८ खर्ब ५२ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको पछिल्लो आठ महिनाको अवधिसम्ममा लघुुबित्त बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन । उक्त कर्जा मध्ये रियलस्टेट र पर्सनल होम लोन शिर्षकमा मात्र दिएको कुल कर्जा रकम चार खर्ब ४६ अर्ब २२ रकोड रुपैयाँ पुुगेको छ । जसमध्ये रियलस्टेटमा एक खर्ब ७२ अर्ब ३४ करोड तथा पर्सनल होम लोन शिर्षकमा दुुई खर्ब ७३ अर्ब ८७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिनुुभएको छ । 
यस अवधिमा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुले मात्र रियलस्टेट क्षेत्रमा एक खर्ब ४८ अर्ब नौ करोड ५० लाख र पर्सनल होम लोन शिर्षकमा दुुई खर्ब २५ अर्ब ६० करोड ६० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । सञ्चालनमा रहेका १९ वटा बिकास बैंकहरुले भने यस अवधिमा रियलस्टेट र पर्सनल होम लोन शिर्षकमा ३९ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको प्रवक्ता ढकालको भनाई छ । 
सञ्चालनमा रहेका २० वटा फाईनान्स कम्पनीहरुले भने चालुु आवको पछिल्लो आठ महिनाको अवधिमा रियलस्टेट क्षेत्रमा छ अर्ब ९१ करोड ४० लाख र पर्सनल होम लो शिर्षकमा आठ अर्ब ६४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन, प्रवक्ता ढकालले भन्नुुभयो । 
रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा (रकम रु १० लाखमा)
क्रस    बिवरण              रियलस्टेट लोन        पर्सनल होमलोन
१       बाँणिज्य बैक       १४८०९५                  २२५६०६
२       बिकास बैंक         १७३३६                    ३९६२६
३       फाईनान्स           ६९१४                      ८६४२
         कुुल                   १७२३४५                  २७३८७५ ( श्रोत नेपाल राष्ट्र बैंक)

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  २३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update