Kath Khabar
राष्ट्रपतिद्वारा प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

काठमाडौं, भदौ ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनु भयो । 

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उहाँलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update