पार्टी सभापतिद्वारा नगरपालिका भवन बनाउन ७० लाखको जग्गा दान

जलेश्वर, भदौ १५। नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको छ ।
सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गर्नुभएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताउनुभयो । औरही नगरपालिका– ८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान दिनुभएको हो । नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा दान दिँदा नगरपालिका र नगरवासी निक्कै खुशी भएको नगरप्रमुख यादवले बताउनुभयो ।
(रासस)
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय