काठमाडौं उपत्यकामा लामो समय देखि जारी रहेको निषेधाज्ञा हट्यो

काठमाडौं, भदौ १६ । काठमाडौं उपत्यकामा लामो समयदेखि जारी रहेको निषेधाज्ञा हटेको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
निषेधाज्ञा हटेसंगै अब उपत्यका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लामा सबै किसिमका पसल व्यवसायहरु सञ्चालन गर्न पाईने छ । विद्यालय र अन्य शैक्षिक संस्थाहरुको हकमा भने सरकारले जारी गरेको स्मार्ट लकडाउनमा उल्लेख भएको व्यवस्था अन्तर्गत रहेर स्थानीय तहहरु समेतको स्वीकृतीमा विद्यालयहरु सञ्चालन हुन पाउने निर्णय पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय