Kath Khabar
अफगानिस्तानबाट थप १४ नेपाली स्वदेश फिर्ता

काठमाडौं, भदौ १६ । अफगानिस्तानबाट उद्धार भईदोहा-काठमाण्डौंको कतार एयरको नियमित उडानबाट हिजो साँझ ५ जना तथा आज विहान ९ जना गरी थप १४ जनास्वदेश फर्कनु भएको छ। यससंगै हालसम्म कूल ८४७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ । काबुलमा उद्दारको पर्खाईमा रहनु भएका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ । 

आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरागरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा भाईवर, ह्वाट्सएप  सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्रन मन्त्रालय), +९७७ ९८४१७९२७७४ परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ । 

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, ह्वाट्स अप, भाईवर वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update