काठमाडौं, भदौ १७ । अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जाानकारी दिएको छ । बिज्ञप्ती जारी गर्दे परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार भई हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट छ जना रकतार एयरको नियमित उडानबाट दुई जना तथा आज कतार एयरको नियमित उडानबाट दुई जना समेत गरी थप १० जना स्वदेश फर्किएको जानकारी दिएको हो । यससंगै हालसम्म कूल आठ सय ५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भएको हो ।
काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ । आगमन पश्चात कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरागरी आवश्यक व्यवस्थापन गरिएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।