Kath Khabar
नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने

काठमाडौं, भदौ २१ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।

‘टिचर्स डे’ को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’ को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ ।

नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update