Kath Khabar
सर्पले डस्दा दुई बालिकाको मृत्यु

जलेश्वर, भदौ २३ । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन  छन् ।
    
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिनुभयो ।   

(रासस)

 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update