Kath Khabar
दनुवार गाउँमा पहिरो

सिन्धुपाल्चोक, भदौ २४। लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ  । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको  र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उहाँले जानकारी दिनुभयो ।
 
उहाँले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गर्नुभयो । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

(रासस)

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update