Kath Khabar
विष्णु माझीको जानकारी लिदै मानव अधिकार आयोग

काठमाडौं, भदौ २८। लोकिप्रय गायिका बिष्णु माझीको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले जानकारी लिन खोजेको छ ।

सो सँगै आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे बुझ्न निर्देशन दिएको छ । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उहाँको अवस्थाको जानकारी लिने तयारी गरेको छ ।

स्याङ्जा प्रहरी स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा पुगेको छ। सो क्रममा माझी माइतीघर नआएको लामो समय भएको प्रहरीलाई प्रतिक्रिया प्राप्त भएको छ । लोकप्रिय गायिका माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीत अहिले चर्चित भइरहेको छ । युटुबमा सो गीतले २ करोड बढी भ्यूज पाइसकेको छ ।

माझीलाई स्रोता तथा दर्शकहरुले हेर्न चाहे पनि उहाँ मिडियामार्फत् तथा कार्यक्रममार्फत् सार्वजनिक हुनु भएको छैन । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

गुमनाम जस्तै बस्ने माझी र उहाँका श्रीमान् सुन्दरमणी अधिकारी करिब दुई वर्ष अघि स्याङ्जा प्रशासनमा उपस्थित भई आफना कुराहरु राख्नु भएको थियो । उहाँले आफ्नो इच्छाबमोजिम सार्वजनिक नभएको भनाई प्रशासन समक्ष राख्नु भएको थियो । उहाँ सार्वजनिक नहुदाँ विभिन्न टिकाटिप्पणी समेत हुने गरेको पाईन्छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update