Kath Khabar
गैंडाकोट बस दुर्घटनामा तीन जनाको मृत्यु

चितवन, भदौ २९ । नवलपुरको गैंडाकोटमा यात्रु बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । यात्रुबस ट्रकसँग ठोकिन पुग्दा गैंडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै दुर्घटना हुन पुगेको हो। सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान करिब सवा चार बजेतिर ठोक्किएका हुन् ।

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरीले जानकारी दिनु भयो।दुर्घटनमा परि मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् भने उहाँहरुको उपचार भरतपुरमा नै भइरहेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update