Kath Khabar
लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङ, भदौ २९ । आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । 

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताउनुभयो । गतएक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update