
काठमाडौं, भदौ २९ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार जनालाई काठमाडौं महानगरिय ट्राफिकले कारबाही गरेको छ।
महानगरिय ट्राफिक महाशाखाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन स्थानबाट ट्राफिक प्रहरीले कार्वाही गरेको हो । जसमा फुटपाथमा पार्किङ गर्ने १२१ जना, रातो बत्तीको उल्लंघन गर्ने ५३ जना, क्षमता भन्दा बढी यात्रु राख्ने ७९ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ६१ जना हुनुहुन्छ।
यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने पनि ४८ जना, अवस्था ठिक नभएका सवारी गुडाउँदै गरेका २७ जना र मदिरा पिएर सवारी साधन चलाउने ३१ जना चालकहरू रहेका छन् । प्रहरीले फुटपाथमा पार्किङ नर्गन, मापेसा नगरी सवारी साधान चलाउन आग्रह गर्दै आएकोमा त्यसलाई सवारीधनीहरुले वेवास्ता गर्दै आउनु भएको छ। जसले गर्दा दुर्घटनमा परि ज्यान समेत जान सक्छ। यसतर्फ सचेत रहनु पर्ने प्रहरीको भनाई रहेको छ।