Kath Khabar
नाग्दीखोला नजिकै  पहिरो खसेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध

मुग्लिन, भदौ ३० । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

मुग्लिन–नौबिसे सडकमा पहिरोका कारण हरेक वर्ष बाटो अवरुद्ध हुने गरेको  छ। जसले गर्दा हजारौं यात्रुहरु प्रभावित बन्न पुग्नु हुन्छ।

 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update