रामेछापमा जीप दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, भदौ ३१ । रामेछापमा खुर्कोट-मन्थली सडकखण्डमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च–३५१३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ओखलढुंगाका करिब ३४/३५ वर्षीय लक्पा शेर्पा र उहाँकी श्रीमती फुरूबाको मृत्यु भएको हो। ‘दुर्घटनामा श्रीमान, श्रीमतीको मृत्यु भएको हो। यस्तै मृतक एक पुरुषको परिचय खुल्न बाँकी रहेको छ।
दुर्घटनमा परि घाइते बालकलाई उपचारका लागि काठमाडौं ल्याएको छ। मन्थली नगरपालिका–६मा जीप दुर्घटना भएको हो।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८ १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय