Kath Khabar
‘डान्स च्याम्पियन’ शुभारम्भ

काठमाडौँ, भदौ ३१ । इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.ली.का लागि कार्तिक ११ गते, बिहिबारदेखि नेपालकै सबै भन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ ।

उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्ने भएको छ । द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कान्तिपुर टेलिभिजन र कि एड्भर्टाइजिङ बिच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले नियमित प्रसारण गर्ने भएको छ ।

उक्त मेगा–शो प्रत्येक बिहिबार र शुक्रबार हप्ताको २ दिन बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रम रहेको छ । डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) रहनुभएको छ । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३२ भागको हुनेछ । 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update