Kath Khabar
सीमित ठाँउमा मेघ गर्जन र  चट्याङ्ग  सहित पानी पर्ने

काठमाडौं, असोज २ । शनिबार मुलुकको प्रायजसो सबै ठाँउमा हल्का वर्ष हुने छ। शनिबार  दिउँसो  पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखका अनुसार शनिबार बिहान  देशभर आंशिकदेखि सामान्य बदली रहेको छ  भने बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

यस्तै राति देशभर  बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
 हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको पनि जनाइएको छ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update