Kath Khabar
बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीनको मृत्यु

काठमाडौं, असोज २ । बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको हो । बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update