कार्टुनिष्ट रविन सायमीद्धारा पदक नलिने घोषणा

काठमाडौं, असोज ३। कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गर्नु भएको छ । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।
तर , उहाँले सामाजिक सन्जालमार्फ्त सो पदक ग्रहण नगर्ने घोषणा गर्नु भएको छन् । ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ सायमीले सामाजिक सन्जालमा भन्नु भएको छ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८ १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय