चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्यु
चितवन, असोज ६। इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।
मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनु भयो । आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्थापन गरिएको बताउनु भयो ।
माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय