Kath Khabar
पेप्सीकोलामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदाँ युवकको गयो ज्यान

काठमाडौं, असोज ६ । काठमाडौंमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका–३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलवार साँझ मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पैदल हिँडिरहेको अवस्थामा सुनारलाई  प्रदेश ३–०२–०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनु भएको थियो । घाइते सुनारलाई हाँको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचार गराईएको थियो । त्यसपछि ट्रमा सेन्टरमा थप उपचारको क्रममा उहाँको मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update