Kath Khabar
काभ्रेको पाँचखालमा गोरुको आक्रमणबाट एक जनाको मृत्यु 

काभ्रे, असोज ६ । पाँचखाल नगरपालिका–६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुको आक्रमणबाट मंगलबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते हुनुभएका उहाँको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update