Kath khabar
असोज १० बाट दसैंको लागि अग्रिम टिकट बुकिङ खुला, ५ देखि ७ लाखले उपत्यका छाड्ने अनुमान

काठमाडौं, असोज ७ । नेपालीहरुको महान चाड वडादशैंको लागि सरकार र निजी क्षेत्र मिलेर घर फर्किनेको लागि यातायात व्यवस्था सहज गर्ने भएको छ। सरकार यातायात व्यवसायीले दशैंमा उपत्यकाबाट घर फर्किनको लागि सवारी साधनको समस्या नहोस् भनेर असोज दोस्रो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गर्नुभएको छ। आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा व्यवसायी र सरकारी प्रतिनिधिबीच विभागमा भएको छलफलमा असोज १० गतेबाट अग्रमि टिकट बुकिङ खुला गर्ने तयारी गरिएको हो।
महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू यात्रुहरुलाई दशैंमा सहज बनाउनको लागि पर्ने बताउदै आउनु भएको छ । महासंघमा करिब सयवटा कम्पनी आबद्ध रहेको छ ती मध्ये एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन्  ।

यस वर्ष अघिल्ला वर्षहरु जसरी ठूलो संख्यामा भने यात्रुहरु नहुने व्यवसायी तथा सरकारको अपेक्षा रहेको छ। कोभिडका कारण यात्रुहरुको संख्या घट्ने अनुमान गरिएको छ। सामान्य अवस्थामा काठमाडौंबाट दसैं तिहारको अवसरमा १५ देखि २० लाख मानिस बाहिरेन गर्नुभएको पाईन्छ। कोभिड सुरु भएपछि गत वर्ष भने दसैंका बेला ५÷६ लाख व्यक्ति मात्र उपत्यकाबाट बाहिरिनु भएको थियो । यस वर्ष पनि करिक ५ देखि ७ लाख मानिसहरु उपत्यका छाडेर दशैं मनाउन जाने आंकलन गरिएको छ। कोभिडका कारण घरमा रहेका मानिसहरु उपत्यका नआएको तथा उपत्यकामा रहेका कतिपय मानिसहरु घर नजाने अवस्था रहँदा बाहिर जाने यात्रुको संख्यामा कमी आउन सक्नेछ।

दसैंको अवसरमा गत वर्षहरूमा उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा र लगनखेललगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण गर्ने गरिन्थ्यो । सवारी साधनलाई उपत्यका बाहिर पठाउनको लागि भने प्रहरी र ट्राफिक प्रहरीले सहजीकरण गर्दै आउनु भएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update