अरिङ्गालको टोकाइबाट दैलेखमा एक जनाको मृत्यु

काठमाडौं, असोज ९ । दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलखेले जानकारी दिएको छ ।
बिहीबार छोराको विद्यालयमा प्रमाणपत्र लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा शाही घाइते हुनु भएको थियो ।
समाजसेवी समेत रहनु भएका शाहीले विद्यालय जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गर्नु भएको थियो । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।
उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८ ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय