धुलिखेलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रे, असोज १० । काभ्रेको धुलिखेलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। काभ्रेको पाँचखाल घर भएका ३३ वर्षीय सुमन रेग्मीको टिपरको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रले जनाएको छ।
अरनिको राजमार्गमा पर्ने धुलिखेल नगरपालिका–३ मा बा ४ ख ६२२० नम्बरको टिपरले प्रदेश३–०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ रेग्मी गम्भिर घाइते हुन पुग्नु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई पक्राउ गरेको छ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ ०८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय