Kath Khabar
विज्ञता आदान प्रदान गर्न अमेरिकी सेना नेपालमा

काठमाडौं, असोज १० । अमेरिकी सेनाको प्यासिफिक कमान्डको एउटा टिम हाल नेपालमा रहेको छ । नेपाली सेनासँग विज्ञता आदन प्रदान गर्न अमेरिकी सेना पछिल्लो समय नेपाल आएको हो ।

नेपाल र अमेरिकाबीच दशकौं पुरानो सैन्यसम्बन्ध रहिआएको र नेपाली सेनासँग विज्ञता आदानप्रदान गर्न अमेरिकी सेनाको टिम नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

‘नेपाल र अमेरिकाबीच दशकौं पुरानो सैन्यसम्बन्ध रहिआएको छ’, दूतावासले भनेको छ, ‘हालै अमेरिकी सेना प्यासिफिकको काउन्टर फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तम प्रविधीहरूका बारेमा विज्ञता आदानप्रदान कार्यक्रम सम्पन्न गरियो।’

दूतावासले चार दिने उक्त कार्यक्रममा ‘अमेरिकी सेना र नेपाली सेनाबीच एकअर्काको अनुभवबाट विभिन्न विषयहरू सिक्नुका साथै दुई देशबीचको निरन्तरको सम्बन्धलाई अझै सुमधुर बनाउनेबारे छलफल भएको’ जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update