चिउरा मिलमा आगलागी हुदाँ ७० लाखको क्षति

मोरङ ,असोज १० । सुनवर्षी नगरपालिका–३ मा रहेको चिउरा मिलमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट ७० लाख रूपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीले जानकारी दिएको छ । अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा राति ९ः५० बजेतिर आगलागी भएको हो ।
चार कोठे भवनमा रहेको मिलमा विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरी अनुमान छ ।
प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।
आगलागीमा मिल सञ्चालन गरिएको २ वटा कोठा, २ वटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ १०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय