Kath Khabar
कपनको ढलमा परेका  बालकको शव ललितपुरको महाङ्कालमा भेटियो

काठमाडौं, असोज १० । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खस्न पुगेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार  स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

अनुहार चिन्न गाह्रो उनको कपडाले गर्दा पहिचान गर्न सकिएको प्रहरीको भनाई छ । शवको पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ। टीकाभैरवबाट गाडीमा हालेर ल्याउन लागेको हो।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update