
दाङ, असोज ११ । बर्दियामा गएराति चितुवा पसेर १२ वटा खसी (बाख्रा) मारिदिएको छ । गुलरिया नगरपालिका वडा नं ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी (बाख्रा) मारेको हो।
चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको हो । पौडेलले चितवाले सबैलाई घाँटी फोडेर मारेपछि रगत खाएर छोडेको अवस्था देखिएको बताउनु भयो । पौडेलको बाख्रा फार्मको करिब एक सय मिटरपर सन्तोषी सामुदायिक वन रहेको छ। त्यहीबाट आएको चितुवाले पौडेलेको बाख्रा खोरमा पसेर सबै बाख्रा मारेको स्थानीयको भनाई छ ।
खोर वस्ती भन्दा केहि पर रहेको कारणले गर्दा पनि चितुवा पसेको कोहिले पनि थाहा पाउन सक्नु भएन। खोर वरपर अन्य स्थानीयको घर भए पनि उहाँहरुले समेत थाहा नपाँउदा सो घटना घट्न पुगेको हो ।