Kath Khabar
युवा उद्यमी तथा समाजसेवी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मानित


काठमाडौं, असोज ११ । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदवीबाट बिभुषित गरिने घोषणा गरिएको छ । संविधान दिवसको अबसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपती बिद्यादेवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्य सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो ।

मुलुकमा युवा उद्यमशिलताको विकास, समग्र औधोगिक ब्यबसायिक क्षेत्रको विकासमा युबा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दे आउनुभएको छ । युवा तथा जागरिला उद्यमी सौरभ दुगर सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय रहनुुभएको छ । समाज तथा समग्र औधोगिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सौरभ दुगरलाई सो मानपदवी प्रदान गरिने भएको कम्पनीले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update