Kath Khabar
कपनबाट हराएका बालक भारतमा भेटिए

काठमाडौं, असोज १३। कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिनु भएको छ।

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिनु भएको हो ।

सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले बालकलाई लिएर हिँडेको देखिएको थियो । परिवारले दिनभर खोज्दा नभेटिएपछि मंगलबार शर्माको बुबाले प्रहरीमा खबर गर्नु भएको थियो ।

दासलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।बालकलाई के उद्देश्यले भारत लगियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार तीन युवकले बालकलाई कपनबाट बसमा राखेर चावहिलको गोपीकृष्णसम्म ल्याएको खुलेको छ। त्यसपछि बालक कहाँ गए भन्ने खोजी भइरहेको थियो। चिनेजानेका व्यक्तिले नै उहाँलाई भारत लगेको देखिएको छ।

बालक सोमवारदेखि हराएका थिए।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update