आज हल्कादेखि मध्यम वर्षा हुने, राति पनि पानी पर्ने
काठमाडौं, असोज १३ । देशभर बुधबार हल्कादेखि मध्यम वर्षा हुने छ । बुधबार आंशिकदेखि सामान्य बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव अहिले नेपालमा परेको छ।
मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविद्ले बताउनु भयो ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८ ०९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय