
सर्लाही, असोज १३ । सर्लाहीको ईश्वरपुरकी एक युवतीले बाटोमा भेटेको ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्नु भएको छ ।
ईश्वरपुर नगरपालिका–१२ घारीबथान घर भइ हाल लालबन्दीस्थित जनज्योति उच्च माविमा पढ्दै आएकी २० वर्षीया मनिषा वाइबाले बाटोमा भेटेको नगद ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्नुभएको हो।
बम
इलाका प्रहरी कार्यालय लालबन्दीको रोहवरमा वाइबाले रकम धनी लालबन्दी नगरपालिका– ८ की रञ्जना कुमारी लोलाई भेटेको ५० हजार रुपैयाँ फिर्ता गर्नु भएको हो ।
वाइबाले घर फर्किने क्रममा सोमबार दिउँसो लालबन्दी–७ स्थित जानकी मावि नजिकै ५० हजार रुपैयाँ भेट्नु भएको प्रहरीले बताएको छ । वाइबाले फिर्ता गर्नु भएको रकम हराउने व्यक्तिको खोजी प्रहरीले गरेको थियो । प्रहरीले गरेको अनुसन्धानका क्रममा उक्त रकम लालबन्दीकै रञ्जना कुमारी लोको भएको पुष्टि भए सँगै कुमारीलाई रकम प्रदान गरिएको हो । प्रहरीले वाइबाको इमान्दारतीको प्रशंसा गरेको छ ।
प्रहरीको रोहवरमा रञ्जना कुमारी लोका भाइ निराजन लोलाई मनिषाले रकम हस्तान्तरण गरेको हो।