होटल याक एण्ड यतिमा कतारी नागरिक मृत फेला
काठमाडौं, असोज १४ । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक जना विदेशी नागरिक मृत फेला परेका छन् ।
होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
उहाँलाई बन्द कोठा भित्र मृत अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार सेप्टेम्बर २६ मा नेपाल आउनुभएका उहाँ त्यस बेलादेखि नेपालमै हुनुहुन्थ्यो । घटनाबारे कतारको काठमाडौंस्थित दूतावासलाई पनि जानकारी गराइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८ ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय