Kath Khabar
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौं, असोज १६ । पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक युवकको ज्यान गएको छ । राति भएको दुर्घटनामा  परि चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको  ज्यान गएको हो ।

गएराति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकल लाई ठक्कर दिएको थियो । युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको ज्यान गएको हो । मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन् ।

ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update